‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बर्दघाटको जहदाबाट पेस्तोलसहित दुईजना पक्राउ

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित भटौलिया मझौनी सडक खण्डबाटअबैध हातहतियार पेस्तोल सहित दुईजना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका दुई जनालाई खानतलासी गर्दा एकजनाको साथबाट खल्तीमा राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बर्दघाट १३ बस्ने अजय अहिर र उनीसँगै रहेका सोही ठाउँकै कमल चौधरी रहेकाे प्रहरीले जनाएको छ ।अजयको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाइएको छ । दुई युवकहरू पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा मङ्गरबार राती करिब १०: २० को समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट बुधबार हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : १७ बजे