विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विनोद भण्डारीको कप्तानीमा ‘नेपाल ए’ क्रिकेट टिमको घोषणा

​​​​​​​काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टीम  घोषणा गरेको छ। बुधबार क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। नेपाल ‘ए’ ले नेपालमा रहेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : २४ बजे