साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजदेखि आफ्नै भवनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजदेखि बल्खुस्थित आफ्नै भवनमा सरेको छ ।

लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट सञ्चालन भएको विभाग आजदेखि बल्खुमा नवनिर्मित आफ्नै भवनमा सरेको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले आज बल्खुस्थित त्रिवि परिसरमा एक औपचारकि समारोहबीच सो भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उपकुलपति भुसालले त्रिभुवन विश्व बिद्यालयको पत्रकारिता तथा आमसञ्चार अध्ययनलाई अझै गुणस्तरीय र उत्कृष्ट बनाउन आवश्यक पूर्वाधार सहितको भवनले झन् सहयोग पुरयाउने विश्वाश ब्यक्त गर्नु भयो ।

कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले भवन निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै पत्रकारिता तथा आमसञ्चार अध्ययनलाई अझै परिस्कृत बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले, २०३३ सालदेखि त्रिविले सुरु गरेको पत्रकारिता अध्ययन यहाँसम्म आइपुग्दा धेरै अब्बल पत्रकारहरुको उत्पादन भई मुलुकको सञ्चार क्षेत्रमा स्थापित भएका बताउनुभयो ।

कार्यक्रममा भवन निर्माण समितिका संयोजक उपप्राध्यापक डा. देवराज अर्यालले २०७६ सालदेखि सुरु गरिएको भवन निर्माणको काम तोकिएकै समयमा सम्पन्न भएको बताउनुभयो ।

करिब २२ करोड लागतमा निर्माण सम्पन्न भएको सो भवनको डिजायन निजी संस्थाबाट नभइ त्रिवि अन्तर्गतकै इन्जिनियरिङ कन्सल्टेन्सी सेवाले गरेको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ४४ बजे