‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कक्षा ७ मा पढ्दै बर्दघाटका ४४ वर्षीय कार्यपालिका सदस्य 

नवलपरासी,पश्चिम  । सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य बुद्धेराम बिक अहिले कक्षा ७ मा पढ्दै हुनुहुन्छ । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनिरहनुभएका बिक आफ्नै छोरीसँगै विद्यालय जाने गर्नुहुन्छ । 

 

उमेरले ४४ वर्ष पुग्नु भएका विकको छोरी ६ कक्षामा पढ्दै छन् । ‘कार्यपालिका सदस्य भएर पनि अनपढ जस्तो हुँदा कार्यपालिकाका निर्णयहरू पढ्न र हरेक ठाउँमा पढाइ चाहिने रहेछ त्यसैले भर्ना भए’, विकले भन्नु भयो ।सामाजिक व्यक्तित्व भइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक नै हुने तर आफूलाई शिक्षाकै कारण पछाडि परेको महसुस गरेकोले आफू अहिले कक्षा ८ मा भनार्ना भई पढिरहेको उहाँको भनाई छ । चालू शैक्षिक सत्रबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको सरस्वती माविमा उहाँ कक्षा ७ मा भर्ना हुनुभएको थियो ।

 

‘उमेर गएपनी पढ्न एकदमै उत्साह र रमाइलो लाग्छ,म विद्यालय जान थालेपछि छोरी पनि खुसी छ’, विकले भन्नू भयो ।आफू विद्यालय जान थालेको थाहा पाएका धेरै महिला मुलत ः बालबच्चा भएका गृहणीले पनि हामी पनि पढ्नु पर्छ क्या हो भन्ने गरेको विकले सुनाउनु भयो । पढ्न सुरु गरे पनि आफू नियमित विद्यालय भने जान नसकेको उहाँले बताउनुभयो । ‘समय नमिल्दा दैनिक रूपमा जान कठिन छ तर गइरहेकै छु’, विकको भनाई छ।

 

सरस्वती माविका प्रधानाध्यापक सोमनाथ अधिकारीले कार्यपालिका सदस्य विकले निकै नै मेहनत गरेर पढाइ प्रति चासो दिने गरेको बताउनु भयो । उमेरका हिसाबले अस्वाभाविक जस्तो देखिए पनी यसलाई सबैले सकारात्मक लिनु पर्ने प्रअ अधिकारीले बताउनु भयो ।

‘उहाँको ऊर्जा र हौसला देखेर अरू विद्यार्थीलाई पनि पढ्नु पर्छ भन्ने कुराले छोएको छ। विद्यालय परिवार पनि खुसी छौ’,अधिकारीले भन्नू भयो । उहाँले परीक्षामा कस्तो अङ्क ल्याउनु हुन्छ भन्ने तर्फ भन्दा पनि पढ्नु पर्छ भन्ने कुराको बोध हुनु नै मुख्य कुरा रहेको अधिकारीको भनाई छ ।

 

आफू जाने हरेक कार्यक्रममा शैक्षिक व्यक्तिहरूको प्रस्तुति देखेपछि आफू प्रभावित भएको कार्यपालिका सदस्य विकले बताउनु भयो । अहिले त पढ्न चाहनेका लागि पहिला जस्तो अवस्था छैन निकै सहज छ। कार्यपालिका सदस्य भएकाले धेरै कार्यक्रममा बोलाइन्छ तर समय मिल्ने बित्तिकै अध्ययन गर्ने गरेको उहाँ बताउनु हुन्छ । ७ कक्षा पास भएपछि मात्र आफू पढ्न थालेको कुरा बाहिर आओस् भन्ने चाहाना हो, उहाँले भन्नू भयो । सञ्चार माध्यममा आफ्नो बारेमा आउँदा विभिन्न नकारात्मक टीकाटिप्पणी आउने होकी भन्ने तर्फ चिन्ता हुने गरेको विकको भनाई छ । ‘मैले कसैलाई देखाउन वा चर्चामा आउन भर्ना भएको होइन जीवनमा शिक्षाको महत्त्व बुझे। हिजो अवसर पाइएन आज अवसर पाउँदा किन नपढ्ने भन्ने कुरा मनमा लाग्यो’,विकले भन्नुभयो ।

 

‘उहाँ पढ्न आउँदा हामीलाई पनि निकै रमाइलो लाग्छ।हामी सबैलाई उहाँ पढ्न आउँदा अचेल साथी जस्तै लाग्छ’, बिक सँगै कक्षा ७ मा अध्ययन गर्ने छात्र सिमोन अधिकारीले भने ।

 

बर्दघाट नगरपालिका वडा नम्बर १६ का स्थायी बासिन्दा विकको यो कदमले आम विद्यार्थी मात्र नभएर सबैलाई प्रेरणा मिलेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ४० बजे