यस्तो छ आजको विनिमय दर

झापामा १३ वर्षीया बालिकाले जन्माइन् छोरी

भद्रपुर, झापा । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित अमलडाँगीकी ज्योति दर्जीले १३ वर्षको कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छन् । यही वर्ष प्रेम विवाह गरेकी बालिका दर्जीले मंगलाबार राति सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनी राति साँढे १० बजे स्थानीय  खुदुनाबारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । 

वि. सं. २०६६ साल चैतमा जन्मिएकी ज्योतिले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिनुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्जसमेत गरिसकेको मिश्रले बताउनु भयो । 

ज्योतिका पति १८ वर्षीया किशल लाम्गादे स्थानीय क्रसर उद्योगमा काम गर्दै आएको बताइएको छ । कानूनले बाल विवाहलाई बर्जित गरे पनि अज्ञानताका कारण नेपालमा बाल विवाह अझै नरोकिएको मिश्रले बताउनु भयो ।
 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ३० बजे