यस्तो छ आजको विनिमय दर

गाईको बाच्छो चोरेर मारेर खाएको आरोपमा ३ जना प्रहरी नियन्त्रणमा

सप्तरी । सप्तरीको हनुनमानगर कंकालिनी नगरपालिकाबाट गाईको बाच्छो मारी काटेर खाएको आरोपमा स्थानीयले ३ जनालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।  
बुधवार विहान हनुमाननगर कंकालिनी नगरपालिका वडा १३ वस्ने २५ वर्षिय मो.समसाद, ३५ वर्षीय कैजुन मंसुरी र ४० वर्षीय जमुल मन्सुरीलाई स्थानीयले बाच्छो काट्न प्रयोग गरिएको घरेलु हतियार हित इलाका प्रहरी कार्यालय हनुमाननगरमा बुझाएका हुन् ।  

वडाअध्यक्ष अजय यादवका अनुसार ४ दिन अघि स्थानीयवासी तेज नारायण यादव सिपलियाको गाईको बाच्छो चोरी भएको थियो । सो बारे पत्ता लगाउने क्रममा ती तीनै जनाले चोरी गरी लगेको र मारेर खाएको खुल्न आएपछि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको वडाअध्यक्ष यादवको भनाई छ ।  

चोरी गरी लगेर बाच्छो काटेर मार्ने क्रममा प्रयोग गरिएका घरेलु हतियारसमेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरको जिम्मा लगाइएको उनले जानकारी दिए । 
वडाअध्यक्ष यादवले उनीहरु यस अघि पनि गाउँघरमा पशु चौपाया चोरी गरी मार्ने, काटेर खाने तथा वेच विखन गर्ने कार्यमा संलग्न रहदै आएको बतए । सोही शंकाको आधारमा उनीहरुलाई नियन्त्रणमा  लिइ केरकार गर्दा सिपलीयाको गाईको बाच्छो चोरी गरी लगेर मारेर खाएको स्वीकार गरेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।  

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा रहेका तिनै जनामाथी अनुसन्धान सूरु गरिएको र अनुसन्धान सकिएपछि कानुन बमोजिम कारवाही प्रकृया अघि बढाइने जानकारी दिएका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : २६ बजे