राजमार्गमा दृष्य एक, पीडा अनेक

ताप्लेजुङमा आगलागी हुँदा आठ लाख क्षति

फुङ्लिङ ।  ताप्लेजुङको फक्तालुङ गाउँपालिका–१ सावदेनस्थित एक घरमा मङ्गलबार आगलागी हुँदा घर जलेको छभने त्यहाँ रहेको रु आठ लाख बराबरको धनमाल नष्ट भएको छ । 

आगलागीबाट बुद्धमती लिम्बूको घर पूर्ण रूपमा नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  आज  दिउँसो आगलागी हुँदा दुईतले कच्ची जलेको हो । घरमा रु एक लाख नगद र तीन तोला सुनसमेत नष्ट भएको बताइएको छ । 

फक्ताङलुङ गाउँपालिका–१ का वडाध्यक्ष योज्ञप्रसाद लिम्बूका अनुसार  घरमा कोही नभएको समयमा आगो सल्केको थियो ।  आगलागीको कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : २३ बजे