राजमार्गमा दृष्य एक, पीडा अनेक

पोखरामा ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

पोखरा । कास्की प्रहरीले पोखरामा ६ किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेका छन्। उनलाई ६ किलो सुन र ६२ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए। सोमबार पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो। 

६.६९ किलो सुन, ६ तोला चाँदी  र ६२ लाख ८१ लाख नगदसहित पक्राउ परेका भारत पश्चिम बंगालको मेदिनीपुरका भौमिक पोखराको मोहोरिया टोलमा बस्दै आएको प्रहरीले जनाएको छ। उनी सोमबार बिहान ४ बजे पक्राउ परेका हुन्। 

३ तले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : १८ बजे