विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

रुविनाको ऐतिहासिक शतकमा नेपालले माल्दिभ्सलाई दियो २२८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छन् । मलेसियामा जारी एसीसी उमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै रुविनाले यस्तो रेकर्ड राखेकी हुन् ।

यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै नेपाली महिला क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक रन थियो । त्यसलाई तोड्दै रुविना शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी हुन् ।

रुविनाको शतकको मद्दतमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएपछि माल्दिभ्सले २२८ रनको विजय लक्ष्य पाएको हो ।

रुविनाले कुल ५८ बलको सामना गर्दै ११८ रन बनाउँदा ५ चौका र १० छक्का प्रहार गरिन् । त्यस्तै पुजा महतोले ५९, कविता कुँवरले १३, सीता रानामगरले १५ र डली भट्टले ६ रन जोडे ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १ : २९ बजे