विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ  ।  एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । 

यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १२ : १० बजे