विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रनमा आउट

काठमाडौँ । क्यानडासँगको तीन एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो विकेट गुमाएको छ । ४.५ ओभरमा भुर्तेल आउट हुँदा नेपालले ४५ रन जोडेको छ । भुर्तेलले १४ बलको सामना गर्दै १३ रन जोडेर आउट भएका हुन् ।

क्यानडाका डिलेन हेलियरले भुर्तेललाई आउट गराएका हुन् । ओपनरद्वय भुर्तेल र अनिल साहको जोडिले नेपाललाई विस्फोटक सुरुवात दिलाएका थिए । भुर्तेल आउट भएसँगै भीम सार्की मैदानमा आएका छन् ।

जितका लागि क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा क्यानडाले २३२ रन बनाएसँगै नेपालले २३३ रनको विजयी लक्ष्य पाएको हो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : ११ बजे