देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले रौतहटको नेतृत्व चयनका लागि मतदान जारी

गरुडा। नेकपा (एमाले) रौतहटको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

गरुडामा बिहान १० बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिनुभयो ।

निर्वाचनमा कुल ४ सय २६ मतदाता रहेका छन् । दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि मतदान भएको हो ।

जिल्ला अध्यक्षका लागि अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी रहेको छ ।

यसैगरी उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी रहेको छ ।

सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी रहेको छ भने उपसचिवमा अवधेशकुमार यादव, अशोक पहाडी, कमलेशकुमार मिश्रा, फैजल अहमद र सोविन्द्र चौधरी गरी पाँचजनाको उम्मेदवारी छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : १७ बजे