विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्यानडाविरुद्ध नेपाललाई चौथो सफलता, ललितले लिए विकेट

काठमाडौं ।  क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई चौथो सफलता मिलेको छ। नेपाललाई ललितनारायण राजवंशीले चौथो सफलता दिलाएका हुन्। 

२६ औं ओभरको अन्तिम बलमा ललितको बलमा नवनीत धालिवाललाई आकाश चन्दले क्याच आउट गराएका हुन्। यस अगाडि कुशल मल्लले निकोलस किर्तोनलाई, श्रीमन्थ विजयेन्तेलाई आकाश चन्दको बलमा कप्तान रोहित पौडेलले क्याच गरेका थिए।

त्यसैगरी पाली सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआई डेब्यु गरेका बलर हेमन्त धामीले क्यानडाको पहिलो विकेट लिए। ​​​​​​​आरोन जोनसोन धामीको बलमा देव खनालबाट क्याच आउट भएका हुन्।

३० ओभरको समाप्तिमा अहिले क्यानडा ४ विकेटको क्षतिमा १०९ रन बनाएर खेलिरहेको छ। टस हारेर क्यानडाले ब्याटिङको निम्तो पाएको हो।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १२ : २१ बजे