विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ ।

क्यानडा भने आज सान्त्वना जितको खोजीमा रहेको छ ।

एकदिवसीय सिरिजमा नेपालले क्यानडामाथि पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : २७ बजे