सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

मिर्चैया नगरपालिकाको कार्यालय तोडफोड

गोलबजार । सिरहाको मिर्चैया नगरपालिका आज मध्याह्न १२ बजेतिर केही उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा  तोडफोड भएको छ । 

नगर प्रमुख श्रवण यादवले  घटनाको घोर भत्र्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गर्नुभएको छ ।  “मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ३०/४० जनाको समूहमा आएको  उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतङ्ककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले बताउनुभएको छ । 

भूमिहीनलाई निस्सा वितरण

सिरहाको लहान नगरपालिका–१५ का सात सय ७६ घरपरिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि लहान नगरपालिकाले नाप नक्साको निस्सा वितरण गरेको छ । 

निस्सा वितरण कार्यक्रममा नगर प्रमुख महेश चौधरी, नगर उपप्रमुख रामचलितर महतो, भूमि आयोगको अध्यक्ष रामअधिन यादव उपस्थिति थियो । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई केही महिनाभित्रै सबैले लालपुर्जा प्रदान गरिने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : ०८ बजे