‘एउटै नाउरको सिकार गर्न २३ लाख’

युवकको हत्या आरोपमा प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले युवकको हत्या आरोपमा एकजना नेपाल प्रहरीका सहायक हवल्दारसहित दुईजनलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको हत्या आरोपमा कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ पर्नुभएको हो ।

रानाको शव गत असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो । रानाका परिवारले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिनु भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ५७ बजे