सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चिन र नेपाल वीच मैत्रीपूर्ण फुटबल, नेपाल ५–१ गोलले बिजयी

काठमाडौंं । चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको चिन र नेपाल वीचको मैत्रीपूर्ण फुटबलमा नेपालले ५–१ गोलले जित हात पारेको छ ।

नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम प्रतियोगिता भएको हो । एक समारोह वीच प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुदै अध्यक्ष तिमल्सिनाले खेलमा जुन टिमले जिते वा हारे पनि नेपाल र चीन बीचको समवन्धले जित्ने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदै नेपालका लागि चिनिया राजदुत चेन सङले दुई देशको सम्वन्धलाई प्रगाड बनाउने क्रममा नयाँ बर्षका अवसरमा फुटबल आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत परिषदका सदस्यहरुको उपस्थिति थियो । नेपालका लागि चिनीय राजदुत र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ११ बजे