सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

७६ रन बनाएर आउट भए देव खनाल

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा क्यानडाबाट २८६ रनको लक्ष्य पाएको छ ।

उक्त लक्ष्य पछ्याउने क्रममा देव खनाल ७६ रन जोडेर पेभिलियन फर्किएका छन् । ८१ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र भिम सार्की छन् । रोहितले ७३ रन बनाइसकेका छन् ।

ताजा स्थितीमा नेपाल ३५.२ ओभरमा ३ विकेटको क्षतिमा २२२ रनको स्थितीमा छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ०८ बजे