सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

क्यानडाविरुद्ध अनिल साहको विस्फोटक ब्याटिङ, अर्धशतक बनाएर आउट

काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ८६ रनको लक्ष्य पाएको नेपालले दुवै ओपनर गुमाएको छ । आसिफ शेख १६ बलमा १० रन बनाएर आउट भएका छन् ।

आसिफ शेख र अनिल साहबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भएको थियो । अर्का ओपनर अनिल साहले भने विस्फोटक ब्याटिङ गरेका छन् । उनले १९ बलमै अर्धशतक बनाएका छन् । लामो समयपछि राष्ट्रिय टिममा फर्किएका उनले पहिलो खेलमा मौका पाएका थिएनन् ।

शनिबार त्रिवि मैदानमा अर्धशतक बनाउने ७ चौका र ३ छक्का प्रहार गरेका थिए । उनी त्यसपछि लगत्तै आउट भए । उनी २० बलमा ५० रन बनाएर आउट भएका हुन् ।

याे समाचार तयार पार्दासम्म नेपालले दुई विकेट गुमाएर ७ ओभरमा ६५ रन बनाएकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको हो । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : १८ बजे