सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थिती टियु मैदानमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन जोड्यो । क्यानडाका लागि आरोन जोनसोनले अर्धशतकीय इनिङ्स खेले । उनले ६२ बलमा ६५ रन जोडे ।

यस्तै, नवनित धालिवालले ४६, श्रेयस मोभ्वाले ४०, पर्गात सिंहले ३८, निकोलास किर्तोनले २०, दिलप्रीत बजवाले १९ शाहिद अहमदजाईले १३ रन जोड्दा उदय भगवान २० रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए भने आकाश चन्द, सोमपाल कामी, पवन सर्राफ र सुर्य तामाङले १–१ विकेट लिए ।

नेपालले यो खेल जितेमा सिरिज जित्नेछ । यस्तै, क्यानडाले जितेमा सिरिज १–१ को बराबरी हुनेछ र सोमबार विजेताको टुंगो लाग्नेछ ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : १४ बजे