देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारको शुभकामना

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष ओलीले शनिबार सामाजिक सञ्जालमार्फत ल्होछारको शुभकामना दिनुभएको हो ।

‘आज सोनाम ल्होछार ! बुबाआमा दाजुभाइ दिदीबहिनी सबैलाई शुभकामना ! सबै निरोगी होउन्, सबैको कल्याण होस्, सबैको भलो होस् ! शुभकामना ।’ अध्यक्ष ओलीले भन्नुभएको छ । ‘तिनी सोनाम् ल्होछार ! आबाआमा, ज्योज्योआले, नानाआङा भेनानदा ज्याबाडान्बा ! भेनान् ल्हेगै, भेनालान् ज्याबा तागै ,भेनालान् बिबह्राङ तागै ज्याबा डान्बा !’  उहाँले लेख्नुभएकाे छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : ५९ बजे