‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बालिका अपहरण गरी सामुहिक बलात्कार गर्ने  तीनजना पक्राउ

महोत्तरी । महोत्तरीमा बालिकालाई अपहरण गरेर बलात्कार गर्ने लुटेरा समूहका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा चारजना संलग्न रहेपनि एकजना अझै फरार रहेको प्रहरी निरिक्षक महेन्द्र खड्काले बताउनुभएको छ।

उहाँका अनुसार पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अंसारी र भारत विहार राज्यको सितामढी ग्राम पंचायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अंसारी रहनुभएको छ।

पक्राउ परेकाहरुलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी  अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खड्काले बताउनुभएको छ।

सम्सी गाउँपालिका–१ स्थित मामा घर बस्दै आएकी ती बालिकालाई चार जनाको समुहमा रहेका लुटेरा समुहले गत माघ २२ गते राति डेढ बजे आमा लाई घरमा थुनेर बालिकालाई घरबाट डेढ किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : ०२ बजे