‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको शुक्रबार बताएको छ । मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ । बर्ड फ्लुबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो । 

उत्तरपूर्वी क्रयाटी प्रान्तका ती बालक आफ्नो परिवारसँग कुखुराको मासु खाएपछि बिमारी भएका थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएको थियो र बिहीबार उनको मृत्यु भयो । 

मन्त्रालयले परीक्षणहरूबाट बालकको मृत्यु बर्ड फ्लु भाइरसको अत्यधिक रोगजनक एच५एन१ स्ट्रेनबाट भएको बताएको छ । 'प्रमाणअनुसार बिरामीको घरमा पाँच वटा कुखुरा र तीन वटा हाँस मरेका छन्, उनीहरूले कुखुरा र हाँसको मासु पकाएर खाएका थिए', मन्त्रालयले भनेको छ । 

स्वास्थ्य अधिकारीहरूले भाइरसको स्रोतको अनुसन्धान गरिहेको र थप मामिला खोजिरहेको पनि मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालय पुनः सबैलाई बर्ड फ्लुप्रति सतर्क रहन स्मरण गराएको छ। 

गत वर्ष राज्यमा बर्ड फ्लुबाट दुई वर्षकी बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको थियो । सन् २०२१ को अन्त्यदेखि युरोप बर्ड फ्लुको सबैभन्दा खराब प्रकोपबाट प्रभावित भएको छ । उत्तर र दक्षिण अमेरिकाले पनि गम्भीर प्रकोपको सामना गर्नुपरिरहेको छ । 

बर्ड फ्लुका कारण संसारभरमा लाखौँ घरेलु कुखुरा मारिएको छ । तिनीहरूमध्ये धेरैमा एच५एन स्ट्रेन थिए । यसै महिनाको प्रारम्भमा चेक गणतन्त्रमा एक लाख ४० हजार कुखुरा मारिएको थियो । यो वैश्विक प्रकोपलाई हजारौँ जङ्गली पक्षीहरूको मृत्युका पनि कारण बनेको छ।  

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ५० बजे