विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ।

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी दीप शम्शेर जबरासहित १६ जनालाई सरुवा गरेको हो। उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको हो।

त्यस्तै अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुरा राना, कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेल, गणेश चन्द, गोपाल चन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रमेशकुमार बस्नेत, राजेन्द्र प्रसाद भट्ट, शेखर खनाल, सिद्धिबिक्रम शाह र सुशील सिंह राठौरलाई सरुवा गरेको हो।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ३८ बजे