देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौंमा भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौं । काठमाडौंमा भ्यानबाट खसेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

ड्यूटी सकेर कोठामा फर्किँने क्रममा प्रहरीको भ्यानबाट खसेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो ।

गएराति ११:१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ५४ बजे