आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बर्गर हाउस अगाडि समातिएका वडाध्यक्षविरुद्ध अदालतमा मुद्दा

काभ्रेपलाञ्चोक ।  घुससहित रंगेहात समातिएका काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगको टंगालबाट खटिएको टोलीले गत माघ ३ गते उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघर चोकस्थित बर्गर हाउसअगाडिबाट १५ लाख घुससहित नियन्त्रणमा लिएको थियो । 

वडाध्यक्ष बाडेको साथबाट बा ७ च १२९ नम्बरको हुण्डाई आइटेन गाडी, स्रोत नखुलेको जापानिज यन १० हजार र अमेरिकी डलर एक सय बरामद भएको थियो । अनुसन्धानको क्रममा घरबाटो सिफारिस गरिदिने भन्दै उनले सेवाग्राहीसँग उक्त रकम लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । 

अख्तियारले अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम सजायँ मागिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ०० बजे