साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सोरू गाउँपालिकाको केन्द्र निर्धारण, अन्योलमा : जनप्रतिनिधिहरूको आफ्नै अडान

मुगु । मुगु जिल्लाका एक नगर सहित चार ओटा स्थानीय निकाय मध्ये सोरू गाउँपालिकाको केन्द्र निर्धारण प्रक्रिया अन्योलमा परेको छ ।

स्थानीय तह सञ्चालनमा  आएको करिब ७ वर्ष भन्दा बढी समयमा पनि  पालिकामा जनप्रतिनिधिहरू बीच आपसी स्वार्थका कारण सहमति जुट्न नसक्दा केन्द्र निर्धारण  प्रक्रिया अन्योलमा  परेको हो  ।

 

सोरूँ गाउँपालिकाको केन्द्र निर्माण समयमा नै नभए पछि  पूर्वाधार निर्माणमा समस्या भएको छ । । स्थानीय निकायको संरचनाहरू  निर्माणको लागि  आएको  बजेट बजेट समेत फ्रिज हुँदै गइरहेको छ ।

 नेपालका ७ सय ५३ वटा स्थानीय तह मध्ये मुगुको सोरूँ गाउँपालिकाले अझै केन्द्र निर्धारण टुङ्गो  लाउन नसक्दा पूर्वाधार निर्माणमा बाधा उत्पन्न भएको हो। 

 

गाउँपालिको आफ्नै भवन नहुँदा दैनिक सम्पादन हुने  प्रशासनिक कामहरू व्यवस्थित रूपबाट  सञ्चालन नहुँदा  सेवाग्राहीहरूलाई असहज भएको छ ।

जम्मा ११ वटा वडा र ५५ वटा बस्ती भएको सोरू गाउँपालिका हालसम्म केन्द्र  टुङ्गो नलाग्दा   जनताहरू समेत अन्यौलमा पर्दै आइरहेका  छन् । 

६ वटा वडाका जनप्रतिनिधिले जिमा कुलाहाँ र ५ वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनु पर्ने माग राखिरहेका छन् । वडा अध्यक्षहरुबीच केन्द्र कहाँ राख्ने भन्ने कुरा नमिल्दा अन्योल सृजना भएको हो ।  

हामीले जिमा कुलाहा“ पालिका केन्द्र हुनु पर्छ भनेका छौ वडानं.–९ का वडाध्यक्ष सागरसम्शेर शाहीले बताउनु भयो । । सोरुकोटमै पालिका केन्द्र उपयुक्त हुने वडानं–२ का वडा अध्यक्ष ऐनबहादुर शाहीको भनाई छ । 

 

जन प्रतिनिधिहरू बीच एक आपसमा सहमति  हुन नसके पछि निवर्तमान गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीको ५ बर्से कार्यकाल सकिएको थियो भने वर्तमान अध्यक्ष धर्मबहादुर शाहीको  ५ वर्षमा कार्यकालमा दुई वर्ष भन्दा बढी समय बितिसकेको छ ।     

 

सोरू भेगका  नेता र जनप्रतिनिधिहरू जिम्मेवार नबन्दा हालसम्म पनि पालिकाको केन्द्र टुङ्गो लाग्न नसकेको स्थानीयको आरोप छ ।  

पालिकाको केन्द्र  तोक्ने विषयमा हालसम्म कुनै विवाद कहीँ कतै नरहेको र  सहमति जुटाएर  टुङ्गोमा चाँडै  पुगिने सोरू गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनु भयो ।  आउँदो शनिवार सुरु हुने गाउँ सभामा एजेन्डा  प्रस्तुत गर्ने र छलफलमा ल्याई केन्द्र टुङ्ग्याउने प्रयास गरिने अध्यक्ष शाहीलेको भनाई थियो ।

पालिका केन्द्रको टुङ्गो नलागेकै कारण जग्गा खरिद, बिक्री र व्यवसाय सञ्चालन गर्न नसक्दा आफूहरू मारका पर्दै आएको गुनासो स्थानीयले गरेका छन् । हाल सोरूकोटबाट अस्थायी रूपमा  गाउँपालिकाको  दैनिक प्रशासनिक सेवा प्रवाह भइरहेको छ  । करिब ७ वर्षको समयमा पनि सहमति नजुट्दा  सोरूको विकासमा अवरोध उत्पन्न भएको छ भने समयमा नै जनप्रतिनिधि जिम्मेवार हुनु पर्ने  देखिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : २८ बजे