आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

काठमाडौं, २५ माघ । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । 

 

यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।
 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : ५५ बजे