‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । 

 

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् । 

यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए । 
अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई सीआईबीले छाडेको हो ।  

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ४३ बजे