‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बाँसबारी छालाजुत्ता किर्ते प्रकरण : पक्राउ परेका विनोद चौधरीका भाइसहित ३ जनालाई छोड्ने तयारी

काठमाडौँ ।  किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाड्ने तयारी गरेको छ । काठमाडौ जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई छाड्न लागिएको हो । तीनै जनालाई हाजिरी जमानामा छाड्न लागिएको हो ।  उनीहरूविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै रहने बताइएकाे छ ।

अदालतले सोमबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो ।तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए ।

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : १४ बजे