सुनको मूल्यमा नयाँ कीर्तिमान

सुन चाँदीको मुल्य घटयो

काठमाडौं। नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

 

गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

 

मंगलबार चाँदीको मूल्य पनि घटेको छ, सोमबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ५७ बजे