साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रूसी सेनामा भर्ना भएकाका आफन्तद्वारा रूसी दूतावास अगाडि धर्ना

काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपालीका आफन्तले काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना दिएका छन् ।

रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गर्न, घाइतेको उपचार गर्ने लगायतका माग राख्दै दूतावास अगाडि धर्ना दिइएको हो ।

उहाँहरूले रूसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा घाइते भएकाको उपचार गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुभएको थियो ।

दूतावासमा गएर नै आफ्ना कुरा राख्ने भन्दै भित्र छिर्न खोजेका उउहाँहरुलाई प्रहरीले रोकेपछि सडकमै बस्नु भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ४० बजे