सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता, राजीनामा रीतपूर्वक नभएकाे प्रधान कार्यालयकाे दाबी

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले दिएको राजीनामा फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले गत शुक्रबार पदबाट राजीनामा दिनुभएको थियो । राजीनामा रीतपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले फिर्ता गरेको हो ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिटपछि उहाँले राजीनामा दिनुभएको थियो । घटनाको दोष प्रहरीमाथि लगाइएको भन्दै रूष्ट बन्नु भएका उहाँले राजीनामा दिनुभएको थियो ।

प्रहरी प्रधान कार्यालयले उहाँको राजीनामा फिर्ता गर्दै १० दिनको बिदा भने दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : ५६ बजे