प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

काठमाडौं । दाङमा एकजना प्रहरी जवानले श्रीमती र छोराको हत्या गर्नुभएको छ ।

रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आज बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गर्नुभएको हो । हत्यापछि उहाँले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गर्नुभएको थियो ।

श्रीमतीले तनाव दिएपछि हत्या गरेको उहाँले बयानका क्रममा बताउनु भएको छ । उहाँ गत मंसिर १६ गते सरुवा भएर दाङ आउनु भएको थियो । त्यसअघि उहाँ बाँकेको नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत हुनुहुन्थ्यो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ०० बजे