सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य घट्यो

काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेको चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ११ : १६ बजे