नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी,पश्चिम्  । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी स्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।

गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका–१ बरुवामा धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी गजेन्द्र विश्वकर्माको देब्रे पाखुरामा गोली लागेको छ । पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।आक्रमण गर्ने समूहले विश्वकर्माको स्कुटर र पसलको चाबीको झुप्पोसमेत लगेका छन् ।

गोली प्रहारबाट घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो।

अज्ञात समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उहाँको देब्रे हातको केही भाग काटिएको थियो। सुरक्षा संबेदनसिलतालाई मध्यनजर गर्दै सो क्षेत्रमा पटक पटक अस्थायी प्रहरी पोस्टको माग गरिएपनि सम्बन्धित निकायबाट पहल हुन सकेको छैन ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ११ बजे