बर्दिवासका चिया पसलहरू, जसले एउटा इतिहास बनाएँ

महोत्तरी । चियाको उत्पत्तिका बिषयमा अनेकौ किंवदन्तीहरु छन । भनिन्छ ५ हजार वर्षअगाडि चीनका एक सम्राट शेन नुंग जोले  एक दिन जंगलमा उनका सहयोगीहरुले पिउने पानी उमालिरहँदा नजिकैको रुखबाट केही पातहरू पानीमा हाले  त्यसरी उमालिएको पानि पिउँदा निक्कै स्वाद आयो । कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो ।

त्यससगैँ विकसित भएको चियाको अम्मल बिश्वभरी नै फैलियो । बिस्तारै यसका रुपरंगहरु मात्र फेरिएनन, मानिसहरुले व्यापारको रुपमा पैसा आर्जन गर्ने गन्तव्य समेत बनाए  । पेय पदार्थको रुपमा बिश्वभरी लोकप्रिय बन्दै गएपछी कप अफ टी, टी विथ मुसोलिनी, टि एन्ड बिस्केट, द टेस्ट अफ टी, द टाइगर हु केम टु टी लगायतका सयौ चलचित्र समेत निर्माण भईसकेका छन । सबैभन्दा पहिला सन् ७६०/६२ को हाराहारीमा एक चाइनिज लेखक लु युले पूरै पुस्तक चियाबारे लेखेका थिए । ChÚa  Zing अर्थात् The Classic of Tea पुस्तकको मूल ग्रन्थ हराएर पछि मिङ वंशको पालामा पुनर्लेखन भएको थियो । यो पुस्तकमा चियाको उत्पत्ति, रोप्ने टिप्नेदेखि पिउँदासम्म प्रयोग गर्ने १५ भाँडाकुँडाहरू, बनाउने, पिउने तरिका, पाइने स्थान, इतिहास सबैको सविस्तार व्याख्या गरिएको छ ।

नेपालमा पनि राजा, माहाराजा अर्थात सम्भ्रान्त बर्गले उठने बित्तिकै विहान सोखको लागी पिउने चिया अहिले देशैभरीका गल्ली, दोबाटो, राजमार्ग र होटलहरुमा करौडौ  संख्यामा बिस्तार भएका छन ।

चिया पारखीहरुले स्वादिष्ट चिया पाउने ठाउँको रुपमा देशैभरीका कतिपय शहरहरुलाई श्रेणिगत रुपमा बिभाजन गरेका छन ।  यस्तै चिया चर्चाकोरुपमा आधा शतकदेखी विकास हुँदै आएको बर्दिवास शहरको चर्चा अहिले पनि उत्तिकै छ ।

५० बर्षदेखी चियाको वरिपरि घुमिरहने स्थानिय व्यापारीका कारण मात्र हैन्, नयाँ पुस्ताको चिया कै आधुनिकीकरणका कारण बर्दिवासको उचाईलाई चियाले नै मलजल गरिरहेको छ । केही तन्नेरी पुस्ताका चिया पसल र चियालाई बर्दिवास र बर्दिवासलाई चियाको रुपमा चिनाएका पुराना चिया पशलहरुमा आउनुस एकैछिन घुमौ ।

कित्ली चिया घर

चियाको लोकप्रियतालाई ध्यानमा राखी तन्नेरी पुस्ताले अवलम्बन गरेको चिया घर हो कित्ली चिया ।

बर्दिवास बजारको मुख्य राजमार्गवाट झण्डै सय मिटर भित्र पसेपछी कित्ली चिया घर पुगिन्छ । भुई घरलाई डेकोरेसन गरेर बनाइएको चिया घरमा पुगेपछी बोर्डमा लेखिएको छ – `मन खोल्छ चियाले……….´

चियाको स्वादमा झुमिने पारखीहरुलाई यो लेखेको भनाई देखेपछि अलि कौतहुल लाग्छ । अचम्म लाग्दो त कहाँ नीर छ भने पारखीहरुले कालो वा सेतो, चिनी भएको वा नभएको भनेर अर्डर गर्न पर्दैन लामो मेनुले कुन चाँही चिया पिउने भन्नेमा बरु अल्लमल्ल बनाउँछ ।

कर्मचारीहरु आएर प्रत्येक मेनुको बर्णान गरेपछी बल्ल कुनचाहिँ चिया पिउने भन्नेमा उनिहरुले निर्णय गर्छन ।

मेनुमा २३ प्रकारका चियाको लामो सुची  वनाइएको छ । २० रुपैयादेखी सुरु हुने यो कित्ली घरमा २५० सम्मको चिया पाईन्छ । २५० मा पाइने चियालाई पान घोत्ला चिया भनिन्छ । हो यही चियाले बर्दिवासलाई नयाँ चिनारी दिएको छ ।

पान घोत्ला चियापछी अर्को परिचित चियाको नाम हो कान्छी चिया । कान्छी चियाको आफ्नै कथा छ । सुत्केरी महिला, स्वास्थ्यका दृष्टिकोणले कमजोर जोकोहीले पोष्टिक तत्वकोरुपमा यस्लाई खुवाउन सकिने  कित्ली घरकी संचालक जुनु सुनार वताउछिन । यस्मा विभिन्न मसलाहरु मिश्रण गरिएको हुन्छ ।

`बर्दिवास चियामा त्यतिकै परिचित छ, यसलाई थोरै हामीले नयाँपन दिने कोशिश गरेका छौ,´ सुनारले भनिन, `व्यावसायिकरुपमा समयअनुसार परिमार्जन गर्न आवस्यक छ, हामीले नया ट्रेनको आवाश्यक्तालाई बुझ्यौ, त्यतिमात्र हो ।´

शर्मा चिया पसल

चियाको लामो ईतिहास बोकेको बर्दिवासको अर्को चिया पसल हो- शर्मा चिया पसल ।  चिया पसल खोल्दा यसका संचालक जयनारायण शर्मा तन्नेरी थिए ।

जतिवेला बर्दिवासमा बजार नै थिएन, जनसंख्या निक्कै कम थियो । मानिसहरु ओहोरदोहोर गर्ने तत्कालीन बर्दिवास चौवाटो नभएतापनी शर्माले बनाउने चियामा झुमिने र मजा लिने त्यतिवेला पनि हुन्थ्यो ।

जयनारायण शर्माले चिया पसल खोले तर कित्ली चियाको जस्तो अनेकौ प्रकारहरु पनि थिएन तर शर्मा चियाको स्वाद सर्वत्र फैलियो । यतिमात्र हैन यहाँ गिरिजाप्रसाद कोइराला देखि देशका शिर्ष नेताहरुले समेत आँउजाँउ हुदा शर्मा चिया पशललाई केन्द्र बनाउन थाले ।

अहिलेसम्म पनि जयनारायण शर्मा सोही चिया पशललाई निरन्तरता दिदै आएका छन । चियाको कुशल व्यवस्थापनका कारण अभ्यस्त वनेका शर्मा अहिले सामाजिक कार्यमा उत्तिकै सक्रिय छन ।

थापा चिया पसल

अहिले चिया वनाउँदा  थापाको हात थरथर काम्छ । बुढ्यौलीले त्यति उनी हिडडुल  गर्दैनन तर चियाको मीठो चुस्की लिदै चिया चौतारी बनाएका ब्यक्तिहरुको अटुटपना दिनभरी नै रहन्छ ।

बर्दिवासका अन्यत्र ठाउँहरुमा चिया पिउनेहरु भन्छन- `जाउ एक कप थापा चियामा गएर पिउ अनि छुटिउला।´

कित्ली घरको जस्तो थापा पनि परिकारले भरिपुर्ण  चिया बनाउन चै जान्दैनन तर चियाको उत्कृष्ट स्वादले थापाको चिया पशलले बर्दिवासलाई ४ दशक देखि जिवन्त बनाउदै आएको छ।

चिया पिउन आएकाहरु भन्छन – `थापाको चिया पशलमा चिया पिएर नै हामी हुर्केका हौ ।´

थापाका जेठा छोराले बर्दिवासमा नै चिया पसल सञ्चालन गरेका छन । वावुको पुरानो बिरासतलाई थामेका हिमाल चिया पशलमा पनि बिहान, बेलुका चुस्की लिनेहरुको भिड नै हुने गर्दछ । अझ उन्को चिया पशल बर्दिवास नगरपालिकाभरीका प्रधानध्यापकहरुको योजना बनाउने शैक्षिक चौतारी वनेको छ । त्यसैले उनकाे  चिया पशललाई शिक्षक चोक भनिन थालेको छ ।

बस्नेत चिया पसल

बस्नेत चिया पसल पनि बर्दिवासमा लामो इतिहास बोकेको चिया पसल हो ।

हुन त  चिया कै बिषयमा विश्वमा हजारौँ पुस्तकहरू लेखिएका छन् ।नेपालका साहित्यकारहरुले विभिन्न कृतिहरु चिया कै परिवेशमा रचना गरेका छन ।

विद्यालयका पाठ्यपुस्तकहरूमा पनि यसबारे विभिन्न प्रकारका कथाहरू समेत समावेश गरिएको छ ।

तर चियामा नै जीवन विताएका र चियाको संस्कार स्थापित गरेका बस्न्नेत जस्ता धेरै जना गल्ली र गल्छौडाहरुमा हराईरहेका छन  ।

बस्नेत चिया पशल पनि बर्दिवासमा लामो बिरासत बोकेको चिया पशल हो यस्का संचालक तेजवहादुर बस्नेतको निधन भए तापनी उनकाे परिवारले यस्लाई अझै निरन्तरता दिइरहेका छन ।

लाल चिया पसल

लाल चिया पशल  बर्दिवासमा चिया सम्राज्यको विकास गर्दै दशकौ लामो विरासत बोकेको चिया पशल हो ।

दिलिप भुजेलद्वारा संचालित लाल चिया पसलले चिया संस्कारको विकास गर्नेमात्र हैन्, चियाको अम्मल बनाएर मदिरावाट मुक्त बनाउन भुमिका खेलेको स्थानियहरु बताउँछन ।

`बर्दिवासमा पुगेकाहरु लाल चिया घरको चुस्की नलिई फर्कदैन्थे,´ अर्का चिया व्यापारी शंकर थापा स्मरण गर्छन, `अहिले चै बन्द भएको छ ।´

न्यौपाने चिया पसल

पुराना पुस्ताहरुले तन्नेरी हुदा संचालन गरेको चिया पशल मध्येको एक हो- न्यौपाने चिया पसल ।

यसका संचालक दुर्गा प्रसाद न्यौपानेले अझै सोही चिया पसललाई निरन्तरता दिईरहेका छन । न्यौपानेले भने उक्त चिया पशललाई परिमार्जन गरेर खाना, खाजा खुवाउने सेवा पनि बिस्तार गरेका छन ।

राजमार्गसगैँ जोडिएको न्यौपानेको पसलले अहिले चिया पारखीहरुलाई मात्र तान्दैन, अझ खाजा, खानाको फरक परिकारले त्यहाँ पुग्न जोकोहीलाई बाध्य बनाउछ ।

शाकाहारीहरुको लागी बेग्लै पहिचान बनाएको न्यौपाने चिया पशलमा खिर, रोटी लगायतका परिकारले धार्मिक तिर्थयात्रीहरुको लागी उपयुक्त गनतब्य बनेको छ ।

स्थानिय माटोमा हुर्किएर स्थानिय मौलिक खाना र परिकारलाई निरन्तरता दिएका न्यौपानेले चियालाई पनि झण्डै ५ दशकदेखि मौलिकता दिएकै कारणले बर्दिवास बटुवाहरुको लागी उपयुक्त गन्तव्य बनेको छ ।

तर उल्लेखित चिया व्यापारीहरुले गरेको कर्मले नै बर्दिवासमा चिया संस्कारको विकास भएको हो । तर मधेशमा चिया संस्कारको विकास गरि रोजीरोटीको माध्यम वनाउन सिकाउने उनिहरुको इतिहासलाई सरोकारवालाहरुले संरक्षण गर्न जरुरी देखिएको छ । त्यसैले त  चिया व्यापार भने हस्तान्तरित हुँदै बर्दिवासमा अझैपनि चिया पारखीहरुको लागी झुम्मिने गन्तव्य बनेको छ ।

 

 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ०१ बजे