भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनेहुनु भएको छ ।

मोदीको नेपाल भ्रमणबारे सरकारी तहमा गोप्य तयारी चलिरहेको बताइएको छ । मोदी यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म नेपाल भ्रमणमा आउनुहुने सम्भावना रहेको बताइएको छ ।

मोदीको भ्रमणलाई लक्षित गर्दै भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएकोसमेत बताइएको छ । भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको हो ।

यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उहाँ भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्न नेपाल आउन लाग्नु भएको हो ।

भारतमा आगामी मे मा लोकसभाको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०२ बजे