सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो दुई ९८ रनको चुनौती

काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि दुई सय ९८ रनको चुनौती दिएको छ । 

दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो । 

 भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए । 

नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : १२ बजे