दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

व्यक्ति तोकेरै ठेक्का बाँड्न सांसदकाे उर्दी

सिन्धुपाल्चोक । सांसदले बिद्युत्को सार्वजनिक सुनुवाइ कार्यक्रममा भाषण मै व्यक्ति तोकेरै ठेक्का बाँड्न दबाब दिए पछि प्रभावित क्षेत्रमा सांसदले पदीय मर्यादा विपरीत बोलेको भन्दै कडा टिप्पणी भएको छ । 

एमाओवादीका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको जलिबरेमा साझा पावर कम्पनी लिमिटेड (तल्लो बलेफी २० मेगावाट) को सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएर उक्त दबाब दिएका हुन् । यही माघ १६ गतेको सार्वजनिक सुनुवाइको अन्तिम वक्ता बनेका सापकोटाले भाषणमै राप्रपाका पूर्व वार्ड अध्यक्ष दिपेन्द्र थापा  र माओवादी कार्यकर्ता प्रताप लामालाई  ठेक्का दिएमा आफूहरू सन्तुष्ट हुने सर्त राखे ।

सांसद सापकोटाले हाइड्रो कम्पनीले स्थानीयहरूलाई जागिर दिँदा कुनै न कुनै दलसँग जोडिने भएकोले विवादबाट माथि उठ्न बाहिरी जिल्लाका कर्मचारी भर्ती गर्नु पर्ने तर्क अघि सारेका थिए । उनको अभिव्यक्तिले माओवादी पार्टी भित्रै तीव्र आलोचना भएको छ । काँग्रेस र माओवादी पार्टीमा उक्त आयोजना बन्न दिनु पर्ने हो होइन भन्ने विषयलाई लिएर विवाद चर्किरहेको बेला सांसद सापकोटाले कम्पनीसँग नाङ्गो ब्ल्याकमेलिङ गरिरहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

अडाई वर्ष भित्र ४ अर्ब ४० करोडमा निर्माण सक्ने लक्ष रहेको उक्त कम्पनीले बताएको छ । सार्वजनिक सुनुवाइमा एमालेका केन्द्रीय सदस्य तथा बागमतीका पूर्व मन्त्री सरेश नेपाल सांसद अमृता नेपाल, जलश्रोत विज्ञ कृष्ण भण्डारी लगायत स्थानीय तहका जनप्रतिनिधिहरूलाई वक्ताको रूपमा निम्त्याइएको थियो । सर्वसाधारण जनताले निक्कै ठुलो चासो राखेको उक्त कार्यक्रमको सभापतित्व कम्पनीका अध्यक्ष गुर प्रसाद न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : ०३ बजे