दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बाँसबारी जग्गा प्रकरण : अनुसन्धानमा राष्ट्रपति कार्यालयको हस्तक्षेप !

काठमाडौं ।  बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र अजितनारायण सिंह थापा पक्राउ परेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेकाे खुलासा भएकाे  छ ।

 

चौधरी लगायत पक्राउ परेलगत्तै राष्ट्रपतिका सल्लाहकार सुनिल थापा बिहीबार दिउँसो सीआईबी कार्यालय लाजिम्पाट पुगेकाे स्रोतको दाबी छ । 

 

अनुसन्धान प्रभावित गर्नेगरी राष्ट्रपतिका सल्लाहकार थापा आएपछि सीआईबीका अधिकारीहरूले अस्वाभाविक मानेका थिए । दिउँसो साढे ३ बजेतिर पुगेका थापा झण्डै आधा घण्टा सीआईबी प्रमुख किरण बज्राचार्यको कार्यकक्षमा बसेका थिए ।  

थापाले पक्राउ परेका अजितनारायण सिंह थापाको बारेमा धेरै चासो राखेको स्रोतले बतायो ।  सुनिल थापालाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त गर्दा पनि विवाद भएको थियो ।

सुनिल पूर्वपञ्चका नेता एवं राप्रपाका संस्थापक सूर्यबहादुर थापाका छोरा हुन् । सूर्यबहादुर थापा प्रधानमन्त्री रहेको समयमा चौधरी समूहले राज्य संयन्त्रलाई प्रभावमा पारेर अस्वाभाविक लाभ लिएको थियो ।  

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : २० बजे