साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने

काठमाडौँ । अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन् । 

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उनले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् ।माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउनेछन् । अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् । 

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् । 
 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १० : ०१ बजे