काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको दश रोपनी जग्गा हडपेको प्रकरणमा पक्राउ पर्नुभएका व्यवसायी अरुण चौधरीलाई अस्पताल लगिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले आज चौधरीसहित अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।
अदालतबाट चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद पाएसँगै चौधरी र थापालाई बिरामी भएको भन्दै अस्पताल लगिएको हो ।
चौधरीलाई आफ्नै दाई बसन्त चौधरीको लागनी रहेको नर्भिक अस्पताल लगिएको बताइएको छ । यस्तै, थापालाई चिरायु अस्पताल लगिएको छ।
उहाँहरू अब अस्पतामा भर्ना भएर बस्नु हुनेछ ।
प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार ९ : ३० बजे
प्रतिक्रिया