मेची पुलबाट हिँडेका मिटरब्याज पीडित विराटचोक आइपुगे

मोरङ । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ ।

गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन् ।

मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर्ने र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै पीडितले संघर्ष समितिमार्फत मेची–महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा सुरु गरेका हुन् ।

टोलीको नेतृत्व समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले गरिरहनुभएको छ ।

उता पश्चिमको कञ्चनपुरबाट समेत समितिको टोली काठमाडौं आइरहेको छ ।

पूर्व र पश्चिमको टोली चितवनमा भेटेर कोणसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ९ : २२ बजे