वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनी वायुसेवा निगमकै सञ्चालक समिति सदस्य हुन् । 
 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : २१ बजे