सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहनु भएको छ । दुर्घटनामा घाइते भएका पाँचजनामध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँहरुको घटनास्थलमै मृत्यु भएको हो ।

पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहनु भएको छ । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुन: हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ४९ बजे