काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको हाे ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको एसपी पशुपति रायले बताए । महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।
प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार १ : ४२ बजे
प्रतिक्रिया