पोखरामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पोखरा । कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ। मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन्।

शनिबार राति १०:३० बजे लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग१४प १५८५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका-६ घिमिरेथरमा दुर्घटना न्यौपाने गम्भीर घाइते भएकी थिइन्। 

उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए। 

दुर्घटनामा न्यौपानेका श्रीमान तथा मोटरसाइकल चालक वर्ष ३५ का बरुण न्यौपाने सामान्य घाइते भएका छन्। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : ०७ बजे