काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा मृत अवस्थामा फेला परेकी जर्मन महिलाको टाउकोमा चोट देखिएको छ ।
जर्मनी नागरिक ५४/५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर नागबहालस्थित राजभाई बज्राचार्यको ग्रीनतारा हेरिटेज अपार्टमेन्टको कोठामा लडिरहेको अवस्थामा फेला परेकी थिईन् ।
उनको टाउकोमा चोट देखिएको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिए । फरेन्सिकको टोली ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १ : ०३ बजे
प्रतिक्रिया