ललितपुरको मंगलबजारमा विदेशी नागरिक मृत्त फेला

ललितपुर । ललितपुरको मंगलबजारमा एक विदेशी नागरिक महिलाको शव फेला परेको छ ।

आज (सोमबार) बिहान मंगलबजार नजिकै विदेशी महिला मृत फेला परेकी हुन् । उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताउँदै भने, ‘हामी अहिले घटनास्थलमा जाँदैछौँ ।’ उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : २८ बजे